मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र न २ काे निर्वाचनमा एक जनाले पाँच जनाको मत हाल्न पाउनुपर्ने अडानपछि मतदान भोलीसम्म स्थगित !
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर २ को मतदान भोलीसम्मलाई स्थगित गरिएको छ । आज विहान ९ बजेदेखि मतदान सुरु गर्ने समयतालिका थियो । तर, मतदाताहरु मतदान गर्न नपाएर फर्किएका छन् ।

    मत हाल्न भेरी प्राविधिक शिक्षालय पुगेका मतदाता निराश भएर फर्केका छन् । दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका नेताहरु सामान्य कुरामा टसमस नभएपछि निर्वाचन आज हुन सकेन ।

    एक जनाले पाँच जनाको मत हाल्न पाउनुपर्ने रमेश कुमार गुप्ता प्यानलको अडानपछि मतदान अनिश्चित बनेको हो । विरेन्द्र कुमार शाह प्यानलले भने अशक्त, निरक्षर र अपांगता भएका मतदाताहरुको मत आवश्यकताका आधारमा हाल्ने बाहेक अरु हुन नसक्ने बताएको छ ।

    विधानमा भएको व्यवस्थालाई टेक्दै निर्वाचन अगाडि बढाउन शाह प्यानलले भनेको छ । गुप्ता प्यानल भने ५ जनाको मत एकै जना वा त्यो नभए २ जनासम्मको मत एक जनाले हाल्न पाउनुपर्ने अडानमै छ । यस विषयमा सहमति नहुँदा निर्वाचन समितिले भोली विहान ९ बजेदेखि मतदान गर्ने गरी आजलाई मतदान स्थगित गरेको सूचना प्रवाह गरेपछि मतदाता घर फर्किएका छन् ।

  • ९ मंसिर २०७८, बिहीबार १८:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित