मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी ४७ मतान्तरले निर्वाचित
  • मार्गरेखा संवाददाता

  •  नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा संस्थापन इतरका पोषण केसीले संस्थापनका माधवराम खत्रीलाई  ४७ मतान्तरले हराएका हुन् । ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन् । सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।

    क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न हिजो भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदाता मध्ये ४ जना अनुपस्थित रहे । निर्वाचनमा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा थियो ।

  • १० मंसिर २०७८, शुक्रबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित