मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।

    यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन । यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।

  • ११ मंसिर २०७८, शनिबार १४:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित