मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६ करोड, ७ लाख ५४ हजारमा बाँकेकाे डुडुवामा अत्याधुनिक ७०० मेटिक टनको कोल्ड स्टोर बन्दै
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), । १५ मसिंर । बाँके डुडुवा गाउँपालिकाको सबै भन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमाणर् शुरु भएको छ । डुडुवा ६ हिरिमिनियामा निमाणर् थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको आज एक कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको छ ।
    भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
    करिब १३ कठ्ठा जग्गामा निमाणर् हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमाणर् गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो ।
    कोल्डस्टोरेजको निमाणर्पछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधीमा निमाणर् सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निमाणर् कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो ।
    गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निमाणर्धिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमाणर् सकिएको जनाइएको छ ।

  • १५ मंसिर २०७८, बुधबार १७:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित