मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका युवराज शर्मा सहित छ जनाकाे राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुङ्गो
  • मार्गरेखा संवाददाता

  • twitter sharing buttonकाठमाडौं । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीबाट ६ जनालाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ६ जनाको नामको टुङ्गो लगाउँदै अनुमोदन गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

    जसमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा गुरुङ र नारायणदत्त मिश्र हुन् । कांग्रेसले प्रदेश १ बाट बस्नेत, बागमती प्रदेशबाट पौडेल, गण्डकी प्रदेशबाट पन्त, लुम्बिनी प्रदेशबाट शर्मा, कर्णाली प्रदेशबाट गुरुङ र सुदूरपश्चिम प्रदेशबाट मिश्रलाई अघि सारेको हो ।

    पदाधिकारीको बैठकले टुङ्गो लगाएका उम्मेदवारको नाम वीपीनगर सानेपामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । प्रदेश १ का उम्मेदवार बस्नेत झापाका पुराना नेता हुन् । उनी अघिल्लो पटक मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रिय सभामा पठाएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले भने अस्वीकृत गरेकी हुन् ।

    गण्डकी प्रदेशबाट उम्मेदवार बन्दै गरेकी पन्त पूर्व मन्त्री हुन् । उनी पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएकी थिइन् । उनी डा. शेखर कोइराला प्यानलबाट उठेकी भए पनि रामचन्द्र पौडेल निकट मानिन्छिन् ।

    कर्णाली प्रदेशबाट उम्मेदवार बन्दै गरेकी गुरुङ माओवादी पीडित हुन् । उनी शहीद पत्नी पनि हुन् । उनका पति यज्ञ गुरुङको माओवादीले २०५८ साल पुस २७ गते हत्या गरेको थियो ।

    लुम्बिनी प्रदेशबाट उम्मेदवार हुँदै गरेका शर्मा नेपालगञ्जका हुन् । उनी कांग्रेसका पुराना नेता हुन् । उनलाई कांग्रेसले अहिले उम्मेदवार बनाएर न्याय गरेको रुपमा बुझिएको छ ।

    सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारी दिँदै गरेका मिश्र कैलालीका हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश सभा सभापतिका लागि लडेका थिए । संस्थापन इतरका उनी पराजित भएका थिए ।

    यसअघि अजै बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुँदै गरेको १९ सिटका लागि भागबण्डा गरेको थियो । जसअनुसार जुन पार्टीको पहिले जति पद थियो त्यसमा सोही अनुसार र एमालेकोबाट आउने पदमा भने भागबण्डा गर्ने निर्णय भएको थियो ।

    जसअनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५–५ तथा जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सीट दिने सहमति भएको थियो ।

  • १९ पुष २०७८, सोमबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित