मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रोजगार होईन स्वरोजगार हुनुहोस युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज
  • मार्गरेखा संवाददाता

  • काठमाण्डौं, पौष २०।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताउनुभएको छ । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताउनुभएको हो ।
    अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।”
    राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन÷इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नुभएका मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
    तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताउनुभयो । नेपाल सरकारद्धारा संचालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरुलाई आग्रह समेत गर्नुभयो ।
    कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगाएत सातै प्रदेशका युवाहरुको सहभागी रहेको थियो ।

  • २० पुष २०७८, मंगलवार २०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित