मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रेडक्रसले सामाजिक सेवामा उदारणिय कार्य गरेकाे डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), ३० पुस । नेपाल रेडक्रस सोसाइटी बेतहनी उपशाखा बाँकेले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    बनकटीमा आज शुक्रबार आयोजित १७ औ वार्षिक साधारण सभाको उदघाटन गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सामाजिक संस्थामा स्वच्छ मन र भावनाले जोडिएका व्यक्तीहरुको सोच पनि त्यसै अनुरुप हुने भन्दै सकारात्मक सोचका साथ समाजको सेवा गर्ने उत्प्रेरणाले अघि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले विपतका बेला सक्रिय रुपमा काम गर्ने रेडक्रस संस्थाले सामाजिक सेवामा उदाहरिणय कार्य गरेको भन्दै रेडक्रसको कार्यालय व्यवस्थापनका लागि भवन निमार्णको कार्य अघि बढेको जानकारी दिनुभयो ।
    उपशाखा सभापति सोहनलाल यादवको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा कार्यपालिका सदस्य लिलावती यादव, पत्रकार राकेशकुमार मिश्र, युवा बेलबहादुर बोहरा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    सभाको बन्द सत्रमा वार्षिक प्रतिबेदन तथा आगामी कार्ययोजना र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सभामा डुडुवा गाउँपालिकाका १ देखि ६ वटै वडा अन्र्तगत रेडक्रसका आजिवन सदस्यहरुको सहभागिता रहेको थियो । रेडक्रसको अबदेखि स्थानीय तह अनुरुप उपशाखा चयन हुने जनाइएको छ । यो उपशाखाको नया नेतृत्व पनि केही महिनाभित्र चयन हुने छ ।

     

  • ३० पुष २०७८, शुक्रबार १९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित