मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा शुक्रबार मात्र एक सय ४८ जनामा कोरोना
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज माघ ७ । बाँकेमा शुक्रबार एक सय ४८ जनामा कोरोना देखिएको छ ।

    जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्जका तीन वटा ल्याबमा एक सय १६ जना र नाकामा एन्टिजेट जाँचमा ३२ जनामा कोरोना देखिएको हो ।

    भेरी अस्पतालमा ९२ जनामा ६९ जना, कोहलपुर मेडिकल कलेजमा ५८ जनामा ३६ जना र बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा ११ जनालाई कोरोना पुष्टि भएको हो ।

    नाकामा ३ सय ३५ जनाको जाँच गर्दा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

    नाकामा कोरोना भएकालाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा ल्याउने गरिन्छ । त्यहाँबाट नै सम्बन्धित पालिकामा पठाउने गरिन्छ । आइसोलेसनमा अहिले २६ जना रहेका छन् ।

    बाँकेमा सक्रिय संक्रमितको संख्या ५ सय ५९ पुगेको छ । अस्पतालमा दुई जना सिकिस्त, २९ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    शुक्रबार १९ जना डिस्चार्ज भएका छन् ।

  • ७ माघ २०७८, शुक्रबार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित