नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताएका छन । नेपाल प्रेस युनियन बाँकेले मगलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन ।
गिरीले कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नु पर्ने बताउदै अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ बताए पुर्वमन्त्री गिरीले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । “अब यो गुट त्यो गुट भन्दा पनि कांग्रेस पार्टी भनेर लाग्नुपर्छ भन्ने मेरो मत हो,” गिरीले भने- “सभापति शेरबहादुर देउबाले सबैलाई समेटेर अघि बढ्नुपर्दछ, उहाँ त्यसरी नै अघि बढ्नुहोला भन्ने मेरो विश्वास हो, विरोधका लागि विरोध गर्ने पक्षमा म छैन, उहाँले गरेको राम्रा कामको समर्थन गर्छु, गल्ती गर्दा गल्ती भयो है भन्छु ।” पत्रकारहरुको जिज्ञासामा गिरीले आफू यो गुट त्यो गुट भन्दा पनि कांग्रेस गुटमा रहेको बताए ।