मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुडुवा गाउँपालिकाले शुक्रबार २ हजार २७० जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), १४ माघ । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत आज शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो ।
    गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
    गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलोे त्रेमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भईरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुरयाउने गरिएको छ ।
    गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।
    वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गरिरहनु भएको छ । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन ।

  • १४ माघ २०७८, शुक्रबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित