मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले स्थानीय चुनावका लागि प्रतिनिधि खटायो को कहाँ? (सूची)
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस लुम्बिनी प्रदेशले  स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि प्रदेश प्रतिनिधि खटाएको छ।

    प्रदेश सदस्यहरूलाई लुम्बिनी प्रदेशका १२ जिल्ला का ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। प्रदेश प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्रमा गइसक्नुपर्नेछ।

    कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ।कांग्रेसले आठ उद्देश्यका लागि प्रदेश स्तरीय नेताहरू गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउनेदेखि एमसिसीबारेका भ्रम चिर्नेसम्म छन्।

    ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

    प्रदेश प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तिमा एकपटक पुग्नुपर्नेछ। आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।

    हेर्नुस् कसलाई कहाँ खटाइयो:

  • २६ फाल्गुन २०७८, बिहीबार २१:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित