मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नगर प्रमुखको जिम्मेवारीमा पुगेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नगर प्रमुखका उम्मेदवार प्रशान्त
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १७ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त हुनुभएकोछ ।
    उहाँ विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुग्नु भएको हो ।
    नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई त्यहाँ रहनु भएका बृद्धबृद्धा तथा बालबालिकाले स्वागत गर्नु भएको थियो । भेटघाटका क्रममा उहाँले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
    नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराउनुभयो ।
    यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदाताहरुलाई भेट्दै उहाँले आफू नगरप्रमुखमा निर्वाचित भएपछि जनताका पीरमर्कालाई बुझेर सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
    यसअघि विष्ट मातातिर्थ औंशीको अवसरमा विहानै आमासंग आर्शिबाद लिएर घरदैलोमा निस्किनु भएको थियो । उहाँले घरदैलोका क्रममा भेट भएका आमाहरुसंग आर्शिवाद लिइरहनुभएकोछ ।

  • १७ बैशाख २०७९, शनिबार १२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित