मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्न घरदैलोमा पुगिरहेका हुन् । अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष पदका उम्मेदवार शाहिदा बानोसहित वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।

    घरदैलामा पुग्दा स्थानीय नागरिकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको अध्यक्षका उम्मेदवार चौधरीले बताए । “मैले पाँच बर्ष मन, बचन र कर्मका साथ यहाँका जनताको सेवा गरेको छु, सुखदुःखमा संगसंगै छु, अझै पाँच बर्ष केही अधूरा काम गर्ने मनसायका साथ चुनावी मैदानमा होमिएको छु, मलाई शतप्रतिशत विश्सास छ, जनताबाट म फेरि अनुमोदन हुन्छु,” निवर्तमान अध्यक्ष समेत रहेका चौधरीले भने । चौधरी नेतृत्वको टोलीले आज वडा नम्बर ६ हिरमिनियाका विभिन्न गाउँ तथा टोलहरुमा घरदैलो गरेको छ ।

  • १८ बैशाख २०७९, आईतवार १७:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित