मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयर उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालले नेपालगन्जको मुख्य बजारक्षेत्रमा मार्चपास
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज -नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालले नेपालगन्जको मुख्य बजारक्षेत्रमा मार्चपास गरेका छन् । नेता कार्यकर्ता सहित मिश्र र ढकालका पक्षमा सर्मथकहरुले मार्चपास गरेका हुन ।

    धम्वोझीबाट शुरु भएको मार्चपास घरवारीटोल, बागेश्वरी मन्दिर, त्रिवेणीमोड, त्रिभुवनचोक, भेरी अस्पतालरोड हुँदै गणेशमानचोकमा कोणसभामा परिणत भएको थियो । मार्च पासमा समर्थकहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

    नेपालगन्जको विकासका लागि मत दिन मिश्र र ढकालले अनुरोध गरे । मार्चपास केन्द्रीय मोहमद हारुन, दिपा शर्मा, युवा नेता रबिन्द्र लम्साल, मधुसुदन शर्मा, नगर अध्यक्ष दत्तप्रसाद आचार्य, मोहित शाह लगायतको सहभागिता रहेको थियो ।

    सडकमा उम्मेदवारहरुले हात जोडेर हिडेका थिए भने समर्थकहरुले नारा लगाएका थिए ।

  • २५ बैशाख २०७९, आईतवार २१:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित