मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जानकीमा कांग्रेसले नै किल्ला गाड्छः कांग्रेसका अध्यक्ष उम्मेदवार छब्बन खाँ
  • मार्गरेखा संवाददाता

  • जानकी (बाँके), बैशाख २५ । बाँकेको जानकी गाउँपालिकामा चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु कसरतरत छन् । मतदाताहरुलाई आफ्ना कार्ययोजना सुनाउँदै उम्मेदवारहरु घरदैलोमा हिँडिरहेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवारहरुले पनि मतदातालाई भेटेर आफूलाई निर्वाचित गराउन आग्रह गरिरहेका छन् । जानकी गाउँपालिकामा विकास र समृद्धिलाई नयाँ शिराबाट अघि बढाउन कांग्रेसलाई जिताउनुपर्ने कांग्रेस उम्मेदवारहरुको आग्रह छ ।

    कांग्रेसका अध्यक्ष उम्मेदवार छब्बन खाँले जानकीमा अब कांग्रेसलाई जिताउनुपर्ने मत बलियो बन्दै गएको आफूले पाएको बताए । “जे सोचेर एमालेलाई जितायौं, त्यो हुन सकेन, विकास गर्ने, जनताका पिर-मर्का सुन्ने पार्टी कांग्रेस नै रैछ, अब त हाम्रो रोजाई कांग्रेस नै हो भनेर मतदाताहरुले हामीसंग भनिरहनुभएको छ, त्यसैले जानकीमा यो पटक कांग्रेसले किल्ला गाड्छ,” खाँले भने ।

    मतदाताहरुले कांग्रेसका उम्मेदवारहरुप्रति भरोसा गरेकाले आफूहरुको जित सुनिश्चित रहेको उपाध्यक्षकी उम्मेदवार रामप्यारी यादवले बताइन् । खाँ र यादबले आज वडाका उम्मेदवाहरुसंगै वडा नम्बर २ र ३ का विभिन्न गाउँहरुमा घरदैलो गरेका छन् ।

  • २५ बैशाख २०७९, आईतवार २१:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित