मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैजनाथमा एमालेको विरासत भत्काउने उद्देश्यका साथ आक्रामक ढंगले प्रस्तुत भइरहेको कांग्रेसले घरदैलादेखि कोणसभा,
  • मार्गरेखा संवाददाता

  • बैजनाथ (बाँके), बैशाख २५ । बैजनाथ गाउँपालिकाको चुनावी परिणाम आफ्नो पोल्टामा पार्न कांग्रेस उम्मेदवारहरु जोडतोडले लागेका छन् । एमालेको विरासत भत्काउने उद्देश्यका साथ आक्रामक ढंगले प्रस्तुत भइरहेको कांग्रेसले घरदैलादेखि कोणसभा, ¥याली लगायतका गतिविधि गरिरहेको जनाएको छ । मतदातालाई मत हाल्न सिकाउने काम पनि संगसंगै भइरहेको छ ।

    बैजनाथमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा प्रकाश बहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय चुनावी मैदानमा छन् । ८ वटा वडा रहेको बैजनाथमा वडाको परिणाम पनि आफ्नो पक्षमा पार्न कांग्रेस उम्मेदवारहरु चर्को दौडधुपमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेपछि वितेको पाँच बर्षमा गर्न नसकेका कामहरुको फेहरिष्ट बोकेर कांग्रेस चुनावी मैदानमा छ । जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी एमालेका जनप्रतिनिधिहरुबाट काम हुन नसकेको एजेण्डा बोकेर चुनावी मैदानमा होमिएको कांग्रेसले बैजनाथ बनाउने जिम्मा अब आफ्नो पार्टीलाई दिन आग्रह गरिहेको छ ।

    एमालेले मुख पनि देखाउन नमिल्ने गरी जनतालाई निराश बनाएकाले मतदाताहरुले यसपटक कांग्रेसलाई रोज्नुको विकल्प नदेखेको अध्यक्षका उम्मेदवार शाही बताउँछन् । “हामी गर्न सकिने प्रतिबद्धतासहितको घोषणापत्र बोकेर चुनावमा होमिएका छौैं, हामीलाई विश्वास छ बैजनाथका जनताले हाम्रो आवश्यकता महसुस गरिसक्नुभएको छ, अब मतपत्रमा व्यक्त गर्न मात्र बाँकी छ,” शाही भन्छन्-“जनताले बैजनाथमा अब कांग्रेसलाई नै चाहेका छन्, त्यो दिन अब निकै नजिक आइसकेको छ ।”

    अध्यक्षका उम्मेदवार शाही र उपाध्यक्षका उम्मेदवार रोकायले आज पनि वडा नम्बर ३ र ४ का विभिन्न गाउँ र टोलहरुमा घरदैलो गरेका छन् ।

  • २५ बैशाख २०७९, आईतवार २१:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित