मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेलले कति मतकाे मतान्तरले निर्वाचित भए ( मत बिवरण सहित)
  • मार्गरेखा संवाददाता

  • बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्  ।

    गाउँपालिकाको अध्यक्षका लागि  कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा थारुले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।

     

  • ३ जेष्ठ २०७९, मंगलवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित