बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन ।
नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार तेज बहादुर भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
भाटका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नगर उपप्रमुखमा नेपाली कांग्रेसकी अनिता चौधरी विजयी हुनुभएको छ । उहाँ ८ हजार ३ सय ३५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत प्राप्त गर्नुभएको छ ।