मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो ।
    सपथ लिनुभएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
    त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको थियो ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित