मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाके जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत
  • मार्गरेखा संवाददाता

  • बाकेमा जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि बाँकेबाट ८  प्रमुख र  ८ उपप्रमुख  गरि जम्मा  १६ जना छन ।

    ८ स्थानीय तहमध्ये बाँकेमा  सात वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर  पदभार ग्रहण गरिसकेका छन्। काेहलपुर नगरपालिकामा भने मतगणना जारी छ ।

    नतिजा आएका सात स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत देखिएको हो । कांग्रेसले सात स्थानीय तहमध्ये  पाँच  प्रमुख र ५ उपप्रमुखमा विजय हासिल गरेको छ । ९ मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै ५ प्रमुख, ५ उपप्रमुख जितिसकेको राप्ती साेनारी ,जानकी डुडुवा बैजााथमा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले नेपालगन्ज उपमहानगर पालिकामा प्रमुख र खजुरा उपप्रमुख  मात्रै जितेको छ ।

    जनता समाजबादीले नरैनापुर मा प्रमुख उपप्रमुख र नेपालगन्ज उपमहानगर पालिकामा  उपप्रमुख जितेको छ। माओबादी केन्द्र ले खजुरा गाउँपालिकाकाका प्रमुखमा जितेको छ। जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

  • ७ जेष्ठ २०७९, शनिबार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित