बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेसले बाजि मारेको छ। कोहलपुरको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य बिजयी भएका छन् । उपमेयरमा कांग्रेसकै संगीता सुवेदी बिजयी भएकी छिन् ।
कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई पराजित गर्दै मेयरमा बिजयी भएका छन् । नेकपा माओवादीका नरेन्द्र न्यौपाने मेयरको लडाइँमा तेस्रो भएका छन् ।
उपमेयरमा सुवेदीले एमालेकी अस्मिता थारुलाई पराजित गर्दै बिजयी भएकी हुन् । नेकपा एसकी नारायणी ओली उपमेयरको भिडन्तमा तेस्रो हुन पुगेकी छिन् । बिजयीको औपचारिक घोषणा भने हुन बाँकि छ।
कोहलपुरको वडाहरुमा कांग्रेस ८,नेकपा एमाले ४ र नेकपा माओवादीले २ वटा जितिसकेको छ ।