मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा तीज मिलन तथा दर कार्यक्रम सम्पन्न ( फाेटाे फिचर) सहित
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा   तीज मिलन तथा दर कार्यक्रम भब्यरूपमा गरेकाे छ ।

    तीज मिलन तथा दर कार्यक्रमका संयोजक एवम् जिल्ला सहसचिव रेनु सिंह ठाकुरको सभापतित्वमा भएको तीज कार्यक्रममा सहभागी नेताहरुले हिन्दु नारीहरुको महान पर्व तीजले एकता, सद्भाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका थिए । काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तीज पर्वले स्नेहिता प्रदान गरोस् भन्ने शुभकामना दिए ।  यस्तै पार्टी सभापति नारायण प्रसाद गौडेलले यस्ता पर्वहरुले एक आपसमा भेटघाट गराउने र एकता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    जिल्ला सदस्य सुशिला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, पार्टीका पूर्व सभापति गजेन्द्र हमाल, निवर्तमान पार्टी सभापति किरण कोइराला, महिला संघ बाँकेका अध्यक्ष नारायणी रुपाखेती लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । पार्टी सचिव संजुकुमारी थारुले संचालन गरेको तीन मिलन तथा दर कार्यक्रममा नाचगान समेत चलेको थियो ।

  • ८ भाद्र २०७९, बुधबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित