मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै दाबी, कुन दलले कति मागे सिट ?
  • मार्गरेखा संवाददाता

  • सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए । बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।

  • ९ भाद्र २०७९, बिहीबार २१:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित