मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका सबै सिटमा एक्लै प्रतिष्पर्धा गरेर जित हासिल गर्ने सक्षम सभापति नारायण गाैडेल
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस बाँकेले शुक्रबार नेपालगन्ज पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।
    पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचन मा बाँकेका सबै सिटमा एक्लै प्रतिष्पर्धा गरेर जित हासिल गर्ने सक्षम रहेको बताउदै त्यहि अनुरूप नेपाली काग्रेस बाँके अगाडि बढिरहेको पत्रकार लाई बताउनु भयो।
    सभापति गौडेलले नेपाली काँग्रेस बाँकेले बाँके जिल्लामा पार्टी लाई जिवन्त चलायमान बनाउन संगठन बिस्तार ,सुदृढीकरण ,प्रशिक्षण लगायतलाई निरन्तर दिदै स्थानीय चुनाबमा जस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बिजय गराउने कुरामा जनताले साथ दिने बताए ।
    सभापति गौडेलले सहभागी पत्रकारहरूको जवाफ दिदै नेपाली काँग्रेस केन्द्र को निर्देशन अनुसार बाँके काग्रेसका प्रत्येक नेता कार्यकताहरूले आत्मसात ईमानदारी पुर्व एकजुट भई अगाडि बढ्ने बताए ।
    पत्रकार भेटघाटमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक नेपाल तरूण दलका पुर्व महामन्त्री युवा नेता हुर्मत न्यौपाने , नेपाली काँग्रेस बाँकेका उपसभापति द्वय गोपाल अधिकारी ,कृष्ण कार्की, सहसचिव द्वय रेणु यादव, बिनोद चौधरी, कोषाअध्क्ष यज्ञ बस्नेतको सहभागीता रहेको थियो।
    कार्यक्रम कान्तिपुर दैनिक नेपालगन्ज मा कार्यरत जे पान्डेलाई सम्मान गरिएको थियो ।
    पत्रकार भेटघाट कार्यक्रम नेपाली काँग्रेस बाकेका सचिव सुद्वान्सु कोईराला ले संचालन गरेका थियो ।

  • १० भाद्र २०७९, शुक्रबार १५:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित