मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा (एमाले)ले बाँकेका तीन वटाै निर्वाचन क्षेत्रका प्रदेश सभाका लागि काे काे सिफारिस भए
  • मार्गरेखा संवाददाता

  • आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले बाँकेले उम्मेदवार छनोट सिफारिस प्रक्रिया एकसाथ अगाडि बढाएको छ । एमाले केन्द्रले दिएको निर्देशन अनुसार, देशव्यापी रुपमा शनिबार प्रदेश कमिटि बैठकले इच्छाएको उम्मेदवारहरुको सूचि तयार गरी क्षेत्रलाई पठाएको हो ।

    ‘क्षेत्रले प्रदेशबाट आएको प्रदेशसभा सदस्यका आकांक्षीको सूचि र प्रतिनिधिसभा सदस्यका आकांक्षीको नाम छलफल गरी जिल्लालाई पठाउने छ’, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले ६ वटै प्रदेश कमिटिले निर्णय गरिसकेको जानकारी आफुले पाएको बताउँदै भने, ‘क्षेत्रीय कमिटिले आइतबार आफ्नो काम पूरा गर्नेछन् ।’

    भोलि सोमबार जिल्ला कमिटिको बैठकले समानुपातिक उम्मेदवारहरुसँगै क्षेत्रबाट आएका नाम प्रदेश पठाउने छ । ‘आएका नामहरुलाई काटपिट गर्ने भन्दा सुझाव सहित प्रदेश पठाइने छ’, अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘आवश्यक निर्णय अधिकार प्रदेशलाई नै छ ।’

    शनिबार बसेको एमाले बाँके क्षेत्र नं. १ अन्तर्गत प्रदेश कमिटिले क बाट ६ जना र ख बाट ७ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय पार्टी इन्चार्ज बलराम भट्टराईका अनुसार, क बाट अधिवक्ता रामकुमार दीक्षित, परशुराम थारु (विराज), तिर्थ डाँगी, सोहनलाल यादव, विक्रम यादव र पुमा डाँगीको नाम सिफारिस गरिएको छ ।

    ख बाट दुर्गा प्रसाद चौधरी सहित ७ जनाको नाम सिफारिस भएको इन्चार्ज भट्टराईले जानकारी दिए । उनका अनुसार, नरेन्द्र प्रसाद शर्मा, अनिता पौडेल, विष्णु वेल्सासे, विजुला अधिकारी, कुश्माखर बस्याल र सुर्य रोकायको नाम सिफारिसमा परेको छ ।

    एमाले क्षेत्र नं. २ मा क बाट बिक्रम यादव, राजेन्द्र कंडेल र विष्णु भण्डारीका नाम सिफारिस गरिएको क्षेत्रीय इन्चार्ज अशोक कर्माचार्यले जानकारी दिए । कर्माचार्यका अनुसार, ख बाट निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ, दत्त प्रसाद आचार्य, हलिम शाह, कैलास यादव, हकिम हलवाई, मनोज बर्मा र मिना ढकालको सिफारिस गरिएको छ ।

    बाँकेको प्रदेश सभा–३ क र ख बाट एमालेका ११ जना सिफारिसमा परेको क्षेत्रीय संयोजक भीम ओलीले जानकारी दिए । उनका अनुसार, प्रदेश सभा–३ ‘क’ बाट मात्र एमालेले ७ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभा–३ ‘क’ कार्यसमितिले शनिबार उनीहरुको नाम सिफारिस गरेर पठाएको हो ।

    एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ मानबहादुर रुचाल (ठकुरी), चन्द्र चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनित शाहको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा–३ ‘ख’ बाट ४ जना सिफारिसमा परेका छन् । प्रत्यक्ष तर्फबाट पदम धिताल, डिल्ली बिसी, भिम ओली र मिरा खनालको नाम सिफारिस गरिएको हो ।

  • १९ भाद्र २०७९, आईतवार १३:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित