मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार कुन दलले पाएकाे सिट कति छ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ ।  बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए ।

    प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले बाँड्नुपर्नेछ ।

    त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

    यसअघि १६५ सीटमध्ये कांग्रेस ८६ सीटमा लडेर ७९ सीट अरुलाई बाँड्न सहमत भएको थियो । कार्यदलका एक नेताका अनुसार सोही सेरोफेरोमा रहेर आज दिउँसोको बैठकमा छलफल हुन लागेको छ ।

     

  • १९ भाद्र २०७९, आईतवार १४:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित