मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनीनेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए ।

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सम्बोधन गर्दै सभापति गौडेलेले गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने टिप्पणी गरे । गौडेलले कुनै क्षेत्रमा कांग्रेसले संघ नपाउने अवस्था आए प्रदेशसभाका दुबै क्षेत्र दिनुपर्ने बताए । उनले भने, “अन्यथा हामीले सोचेजस्तो परिणाम आउँदैन ।”

    कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठक, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य उमा थापा मगर, महिला संघकी सभापति नारायणी रुपाखेती, तरुण दलका सचिव बिनोद रिजालले बोलेका थिए ।

    प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर २ (ख ) का सचिव प्रदिप साहले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।

  • २१ भाद्र २०७९, मंगलवार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित