मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डेंगीका बिरामीले के खाने, के नखाने ?
  • मार्गरेखा संवाददाता

  • पछिल्लो समय नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्ष ४ सेप्टेम्बरसम्म देशभर गरी पाँच हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अस्पतालमा उपचाररतमध्ये अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएका छन् । संक्रमणपछि सिकिस्त देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिनसक्ने भएकाले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ  ।

    तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र सामान्य असर देखिने  हुनसक्ने डा. चालिसे बताउँछन् । ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन डा. चालिसे सुझाव दिन्छन् ।

    पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु) हुने भएकाले जीवनजल पानी पिइरहन चिकित्सकहरु सुझाव दिन्छन् । डेंगु संक्रमितका लागि नेसनल न्युट्रेसन काउन्सिल अफ चाइनाले तयार पारेको मार्गदर्शनअनुसार खान हुने र नहुने खानेकुराको सूची निम्न रहेको छ :

    खानुपर्ने 

    पानी र झोलजन्य पदार्थ ।
    क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दूध आदी ।
    आइरनयुक्त खानेकुरा कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरु ।
    भिटामिन सी पाइने खानेकुरा भुइँकटहर, मेवा, कागती आदी ।
    भिटामिन के पाइने खानेकुराहरु केरा, प्याज, बन्दा, काँक्रो आदी ।

    खान नहुने  

    चकलेट, चकलेटजन्य ड्रिंक्स्, बट्टामा राखिएका जुस ।
    धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरु ।
    मसालेदार खानेकुराहरु ।
    चिया, कफी तथा कफीजन्य पदार्थहरु ।

  • २१ भाद्र २०७९, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित