मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०७९ बरिस्ठ कथाकार सनत र बरिस्ठ पत्रकार अनन्तलाई प्रदान गरिने
  • मार्गरेखा संवाददाता

  • दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१०००/- (एकाउन्न हजार ) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७९’ लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा छदशक भन्दा बढी दिएको योगदानका लागि बांकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई र रू २५०००/- (पच्चीसहजार ) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७९’ पत्रकारिताको क्षेत्रमा तीनदशकभन्दा बढी विशेष योगदान दिएका मोरङ्का वरिष्ठ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
    यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल , डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा. चूडामणि बन्धुलाई र त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।
    समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्द्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी मंसिर महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने जानकारी महासचिव दिङ्लाली कान्छोले गराएका छन् ।

     

  • १४ कार्तिक २०७९, सोमबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित