मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनताले मलाई मात्र होइन,कांग्रेसलाई नै जिताउँछन् सुरेन्द्रबहादुर हमाल
  • मार्गरेखा संवाददाता

  • खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा-२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको विकासमा हमालले थुप्रै कामहरु पनिगरे । आफुले गरेका कामको आधार र अबगर्न बाँकी रहेका कामलाई पूरा गर्न अहिले पुनःउम्मेदवार बनेको बताउने हमालसँग गरिएको संवाद :-

    तपाई थुप्रै ठाउँमा पुगेर मतदातालाई भेंट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भयो ?
    राम्रो प्रतिक्रिया पाएँ । मतदाताहरुले नेपाली कांग्रेसप्रति राम्रो प्रतिक्रिया दिरहनु भएको छ । आउने सरकार पनिअब नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनकै बन्ने हो । त्यसैले गठबन्धनलाई नै जिताउनु पर्छ भन्ने आम जनताको धारणा मैले बुझेको छु ।

    मतदाताको सुझाव र प्रतिक्रियाले तपाईंलाई कस्तो अनुभूति भयो ?
    म एकदमै उत्साहित छु । मतदाता आफैले त्यत्रो सिटमा कांग्रेस लडेको छ, देशभरी कांग्रेसको संगठन छ ।चुनावत तपाईंले जित्नुहुन्छ भनेर सुनाउने कुराले हामी नेपाली कांग्रेसका सबै उम्मेदवार उत्साहित छौं ।

    के-कस्ता एजेण्डा लिएर जनतामाझ जानु भएको छ ?
    हाम्रो एजेण्डा संकल्प–पत्रमार्फत् सार्वजनिक भइसकेको छ । शिक्षा, स्वास्थ्य, आम नागरिकका जीवनस्तर सुधार, विकास–निर्माण, पर्यटन, खेलकुद लगायत सबै क्षेत्रलाई समेटेर गर्ने कामबारे सम्भवहुने कुरा नै गरेका छौँ । बोलेका वाचा पूरा गर्नु पनि पर्छ ।

    २०७४ सालमा तपाईंले चुनाव जित्नु भएको थियो । सांसद र मन्त्री हुँदा के-के काम गर्नुभयो ?
    मैले गरेका कामहरु मैले सार्वजनिक गरिसकेको छु । सडक, नाली, निर्माण र मर्मत सुधार, सिंचाइ, हाइमास्ट, ट्राफिक लाइट जडान आदि मार्फत् बजेट विनियोजन भएको छ । जे–जति बजेट आफ्नो क्षेत्रमा ल्याएर खर्च गरेको छु, इमान्दारीसाथ सार्वजनिक गरेको छु । जनताले पुनःअवसर दिएमा आफ्नो क्षेत्रमा नागरिकसँग प्रत्यक्ष भेंटी आवश्यकता लाई प्राथमिकीकरण गर्दै निर्माण–विकास र अन्यपक्षमा काम गर्न अग्रसर रहनेछु ।

    तपाईले पुनः चुनाव जित्ने आधार के हो ?
    मैले चुनाव जित्ने आधार भनेको म माथि कुनै त्यस्तो आर्थिक अनियमितताको आरोप लागेको छैन । कसैसँग एक पैसा घुस खाएको छैन । सबैको काम गर्ने प्रयत्न गरेको छु । सबैको जनप्रतिनिधी भएर काम गरेको छु । त्यसकारण जनताको रोजाइँमा म पर्नेछु भन्ने मलाई पूर्ण विश्वास छ ।

    आफ्नो क्षेत्रका आम मतदातालाई थप केही भन्न चाहनु हुन्छ ?
    सम्पूर्ण मतदाताहरु कहाँ म घरदैलो गर्दा जसरी उहाँहरुको म लगायत नेपाली कांग्रेस माथि अगाध स्नेह र विश्वास राखेको पाएको छु, एक पटक फेरि उहाँहरुले मतदान गरेर अत्यधिकमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

  • ३० कार्तिक २०७९, बुधबार १९:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित