मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका सत्तारुढ दलहरुले लोकतान्त्रिक-बाम गठबन्धनका पक्षमा मतदान गर्न आह्वान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । बाँकेका सत्तारुढ दलहरुले लोकतान्त्रिक-बाम गठबन्धनका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

    जिल्लामा क्रियाशील सत्तारुढ दलका नेताहरुले आज संयुक्त अपील जारी गर्दै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको विकास, संविधानको रक्षा, स्थायी सरकार निर्माण गरी देशमा विकास र समृद्धि हासिल गर्न लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतले विजयी बनाउन आह्वान गरेका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बहादुर विक, नेकपा एकीकृत समाजवादीका बाँके जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य अशोक कोइराला, केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष भिमप्रकाश देवकोटाले संयुक्त अपील जारी गरेका हुन् ।

  • १ मंसिर २०७९, बिहीबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित