मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संसदीय दलको नेतामा देउवाले चाहना राखेपछि दायाँबायाँ हुन्न :नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् ।

    बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनल देउवाको नेतृत्वमा कांंग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहदासम्म दायाबाया नहुने बताए ।

    सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन’ उनले भने ।

    उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताए । कांग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनवा लड्ने बताइसकेका छन् ।

    खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्न नहुने पनि बताए । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ ।

    लोकतन्त्रमा कुनैपनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ’ उपसभापति खड्काले भने ।

  • १५ मंसिर २०७९, बिहीबार १६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित