आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो। यसले थाइरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ।
दुई बालबालिका चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ। यो चिह्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडिन भएको नुनलाई दिने प्रमाणित चिह्न हो।
वयस्कहरूले दैनिक रूपमा ५ ग्राम भन्दा कम नूनको प्रयोग गर्नुपर्दछ। बालबालिका १२ महिना पूरा भएपछि बढीमा २ ग्राम नून दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ।
गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नूनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास राम्रोसँग भएको मानिन्छ।
आयोडिन प्रयाप्र्तमात्रामा खादा गर्भ खेरा जाने, मृत वा अपाङ्गता बच्चा जन्मन सक्ने सम्भावनालाई कम गराउँछ।
बोलाइसम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ।
बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ।
आयोडिनयुक्त नून खाएका बालबालिकाको बौद्धिक विकाससँग हुन पाउँछ। किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक
क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ।
आयोडिनयुक्त नुनले गलगाँड तथा हाइपोथरोइडजमजस्ता समस्याहरू हुनबाट बचाउँछ ।
नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नून खानु नै एक मात्र सरल उपाय हो