मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने महेश बस्नेत
  • मार्गरेखा संवाददाता

  • नेकपा  एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभए पनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको जिकिर गरे । बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने बताए ।

    पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए ।

    युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले चैत्र २७–२९ गते नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौ महाधिवेशनले कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्ने बताए ।

    उनले सबै प्रदेशमा पदाधिकारी र केन्द्रीय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने पनि जानकारी दिए ।

    युवा संघका उपाध्यक्ष सन्तोष रावलले दशकपछि हुन थालेको महाधिवेशनलाई नमूनायोग्य बनाउने बताउँदै उदघाटनमा १० हजार बढी सहभागी हुने र बन्दसत्रमा दुई हजार सहभागी हुने बताए ।

    प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति,  लगायतको उपस्थिति रहेको थियो ।

  • १२ चैत्र २०७९, आईतवार १३:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित