नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गर्नुभएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गर्नुभएको हो ।
मनोनयन हुनु भएका सदस्यहरु
१. आदर्श विक्रम कार्की, काठमाण्डौ
२. महेन्द्रभक्त अधिकारी, नवलपुर
३. प्रभात आले, तनहुँ
४. नम्रता बराल, कास्की
५. प्रेमबहादुर घले, सुर्खेत
६. ईश्वर गिरी, काठमाण्डौ
७. डा. जितु उपाध्याय, कैलाली
८. भवानी कोइराला, सर्लाही
९. विश्वराज घिमिरे, पर्सा
१०. डा. धिरेन्द्र साह, महोत्तरी
११. कालु मेचे, झापा
१२. जनार्दन अर्याल, गोरखा
१३. विवेकानन्द झा, सप्तरी
१४. ऋचा लुईटेल, बाँके
१५. रमेश रावल, डडेल्धुरा
१६. मनोज थापा, काठमाडौं
१७. विश्वनाथ दाहाल, काठमाडौं