मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं  चैत्र २७ : नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष उमेदवारमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। आज बिहान बसेको संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

    तत्कालीन कांग्रेस-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेकी पुडासैनी बागमती प्रदेशबाट निर्वाचित भएकी हुन्।

    बुधबार हुने उपाध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ११:४५ बजेदेखि १:४५ बजेसम्म समय तालिका तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ। उक्त प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

    २०७९ माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत्र १५ गते राजीनामा दिएकी हुन्।

  • २७ चैत्र २०८०, मंगलवार १०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित