मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह लू’ बाट जोगिन के गर्ने ?
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे । ‘धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ,’ उनले भने, ‘शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमा समेत असर गर्दछ ।’

    ‘लू’ बाट जोगिन के गर्ने ?

    – धेरै पानी पिउने,

    – बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने,

    – हल्का खालको कपडा वा सुतीको कपडा लगाउने,

    – खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने,

    – चिसो पानीले नुहाउने,

    – कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने,

    – फलफूल, काँक्रालगायत घरमा बनाएको ताजा खाना खाने,

    के नगर्ने ?

    – दिउँसो सकभर घर बाहिर ननिस्कने

    – भान्सामा धेरै समय नबस्ने

    – मदिरा सेवन नगर्ने

    – क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

    के –के असरहरू हुन सक्छन् ?

    – हृदयको गति तीव्र हुने,

    – श्वासप्रश्वासमा समस्या हुने,

    – शरीरबाट पसिना ननिस्कने,

    – रक्तचाप कम हुने

    – अचेत हुने

    – शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

    – छाला सुख्खा, रातो र तातो हुने

    २ वर्षभन्दा मुनिका बालबालिकालाई लू बाट कसरी जोगाउने?

    – स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने

    – ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने

    – घरमै बनाएको स्वस्थयकर खानेकुरा खुवाउने

    – पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने

    – घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने, नहिँड्ने

    – शीतलमा बस्ने

    – मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरी खुवाउने

  • १२ बैशाख २०८१, बुधबार १७:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित