मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शिक्षा  आर्जन पश्चात् जागिर खाने मात्र हैन स्वरोजगार बन्ने हुनु पर्छ मुख्यमन्त्री डिल्ली बहादुर चौधरी
  • मार्गरेखा संवाददाता

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।

    दाङको भालुवाङमा लुम्बिनी प्रदेश स्तरीय नागरिक शिखर सम्मेलनको उद्घाटन गर्दै शिक्षा प्रणाली  सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान र सिप सँग जोडेर लैजानु पर्ने आजकाे आवश्यकता भएकाले सुधारले मात्र सम्भव नहुने बताउनु भयो ।

    मुख्यमन्त्री चौधरीले अब विद्यार्थीहरूले अध्ययन सँग  आय आर्जनको बाटो सँगै लैजानु पर्ने अबको आवश्यकता भएको बताउनु भयो ।

    “शिक्षाले मानव जीविकोपार्जन सँग दैनिकी जीवन शैलीमा काम लाग्ने विषयहरू समेटिएका पाठ्यक्रमहरू बनाउनु पर्छ, शिक्षा  आर्जन पश्चात् जागिर खाने मात्र हैन स्वरोजगार बन्ने हुनु पर्छ” मुख्यमन्त्री चौधरीले भन्नुभयो I

    अब हाम्रो शिक्षा प्रणालीमा स्थानीय स्तरका विषयहरू समेटिएको बनाउनु पर्छ जसले विद्यार्थीहरूले हेरेर सिक्ने क्षमताको विकासलाई  दिगो बनाउन मद्दत गर्ने भएकाले पनि पाठ्यक्रम बनाउँदा ध्यान दिनु पर्नेमा वहाँको जोड रहेको छ।

  • २४ भाद्र २०८०, आईतवार १८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित