मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका २९ जना मुक्तकमलरीेले परिचय पत्र पाए बाँकी २४ सय ६६ जना
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,भाद्र,१६। भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियाको गुलरियामा शुक्रवार मुक्तकमलरीहरुलाई परिचय पत्र वितरण गरेका छन् । भुमिसुधार कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा जिल्लाका २९ जना मुक्तकमलरीलाई परिचय वितरण गरिएको छ ।
    बर्दियाका मुक्तकमलरीहरुलाई परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दहितले मन्त्रालयका तर्फबाट भुमिसुधार कार्यालयलाई सहज रुपमा परिचय बाँड्न निर्देशन समेत दिएका छन् ।
    दाङ्ग,बाँके,बर्दिया,कैलाली,कंचनपुर र सुर्खैतका १३ हजार मुक्तकमलरीलाई परिचय पत्र बाड्ने योजना अनुरुप यस कार्यको शुरुवात दाङ्गबाट गरिसकिएको र दोश्रो चरणमा बर्दियाबाट शुरु गरिएको मन्त्री दहीतले वताए । उनले चार महिना भित्र १३ हजार जनालाई परिचय पत्र वितरण गरिसक्ने मन्त्रालयको योजना रहेको वताएका छन् । सरकारले मुक्तकमलरीलाई परिचय पत्र वितरण गर्ने काम सुरु गरिसकेकाले बिना रोकावट परिचयपत्र बाँड्नुपर्ने मन्त्री दहितको भनाइ छ ।
    बर्दियामा २ हजार ४९५ जना मुक्तकमलरी रहेको मुक्तकमलरी विकास मञ्चले जानकारी गराएको छ ।

     

  • १६ भाद्र २०७४, शुक्रबार १७:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित