मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज भन्सारमा कडाई नहुँदा जिल्लामा व्यवसाय धरासायी
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भाद्र १८ ।बाँके जिल्लाका उद्योगी व्यवसायी संघहरुले नेपालगञ्ज भन्सारमा कडाई नहुँदा जिल्लामा व्यवसाय धरासायी हुनु लागेको भन्दै कडाई गर्न माग गदै नेपालगन्ज भन्सार कार्यालयलाई ज्ञापन पत्र आईबार बुझाएका छन ।
    नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बाँके, कोहलपुर होटल व्यवसायी संघ र साझा समावेशी समुह कोहलपुरले सयुक्त रुपमा नेपालगन्ज भन्सार कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
    कोहलपुर साझा समावेशी समुहका बिष्णु खनाल, ले भन्सारमा कडाई नगरिदा नेपालगन्ज कोहलपुर लगायतका ठाउँहरुको व्यवसाय धरासायी हुन लागेको बताउनुभयो ।
    भन्सारमा कडाई नगर्दा राजश्व तिरेर व्यापार व्यवसाय गर्नेहरु धरासाय बन्ने स्थित रहेको भन्दै ले बिष्णु खनाल, ले भन्सारमा कडाई नगरिए सरकारलाई कर तिरेर व्यवसाय गर्नेहरु पलायन हुने अवस्था आउने जानकारी दिनुभयो । मागपत्र बुझेपछि भन्सार कार्यालयले भन्सार छलि गरेर नेपालमा समान भित्र्याउ नदिने बताएको छ ।
    मुख्य नाका तथा सहायक नाकाबाट भन्सार छली गरेर सामान भित्र्याउन नदिन लागिपर्ने भन्सार कार्यालयले जनाएको छ ।
    नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुलवाहीद मन्सुरी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेका उपाध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य टंक धामी, साझा समावेशी समुहका बिष्णु खनाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्ट लगायतका व्यवसायीहरु माग पत्र बुझाउन भन्सार कार्यालय पुग्नुभएको थियो ।

     

  • १८ भाद्र २०७४, आईतवार २०:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित