दुर्गा आचार्य
बर्दिया, भाद्र,१९ । बर्दियाका बाढीपिडीत महिलालाई लक्षितगरि नेपाल परिवार नियनेजन संघ बर्दियाले वृहत प्रजनन् निशुल्क स्वास्थ्य शिविर शुरुगरेको छ । बाढी पछि जिल्लाका महिलाहरुमा हुने प्रजनन् समस्यालाई मध्यनजर राख्दै शिविर संचालन गरिएको नेपाल परिवार नियनेजन संघ बर्दियाले जानकारी गराएको छ । जिल्लाका बाढी प्रभावित क्षेत्रका महिलाई मध्यनजर राख्दै गुलरिया नगरपालिका वडानं ८,९ र १० नम्वर वडामा भाद्र १८,१९र२० गते, भाद्र २५,२६र २७ गते वारवर्दिया नगरपालिका र असोज १,२र३गते मधुवन नगरपालिकाको खातामा शिविर संचालन गरिने परिवार नियोजन जिल्ला शाखा बर्दियाका शाखा प्रवन्धक नविन कुमार भट्टले वताए । बिशेष गरि महिलाहरुमा यौनजन्य सरुवा रोग,पाठेघरखस्ने र बाढी पछि छाला,ज्वोरो,टाईफाईटको साथसाथै पौष्टिक अहाराका कमीका कारण हातखुट्टा गल्ने जस्ता समस्या भएका बिरामीहरुउपचारका लागि आएको जिल्ला अस्पताल बर्दियाका मेडिकल अफिसर डा. शुशिल न्यौपानेले वताए । बाढी प्रभावित नेपालका चारवटा जिल्लालाई मध्यनजर गर्दै बर्दिया,दाङ्ग,सुनसरी लगातका जिल्लामास्वास्थ्य शिविर गरिने नेपाल परिवार नियोजन अन्र्तराष्ट्रि«य संघका साउथ एशियाका वरिष्ठ सल्लाहाकार राजुतमाङ्गले वताए । गुलरिया नगरपालिका,जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल बर्दिया संगको समन्वयमा स्वास्थय शिविर संचालन गरिएको हो ।