मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा मिस कलेज बाँके
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भादौ २० । नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा नेपालगन्जमै पहिलो पल्ट मिस ३१ गते नेपालगन्जमा मिस कलेज बाँके–२०१७ आयोजना हुने भएको छ हुने भएको छ । मिस कलेजको पहिलो संस्करणमा १६ प्रतियोगीको सहभागिता रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
    मिस कलेज बाँकेको उपाधि बिजेताले करिब ३ लाख रुपैयाँको ईटालीजेट स्कुटी, फस्ट रनरअपले ल्यापटप र सेकेन्ड रनरअपले एलईडी टेलिभिजन प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै अन्य आठ विधामा उत्कृष्ठ हुनेहरुले पनि आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, बेस्ट पर्सनालिटी, मिस कन्फिडेन्स, बेस्ट ड्रेस, भ्यूअर्स च्वोईस र मिस मल्टिमिडिया विधामा पहिलो हुनेले आकर्षक क्वालिटी प्रोडक्ट प्राप्त गर्ने नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टका प्रेसिडेन्ट प्रविण गिरीले जानकारी दिए ।
    १६ बर्षदेखि २४ बर्ष उमेर समूहमा रहेका प्रतियोगिहरु विभिन्न जाती÷समुदायबाट प्रतिनिधित्व गर्छन् । यस किसिमको प्रतियोगितामा पहिलो पल्ट मुस्लिम र शिख समुदायका युवतीहरुले पनि प्रतिनिधित्व जनाउँदैछन् । मिस कलेज नेपालगन्जको कोरियोग्राफी प्रज्ञा तिवारीले गर्दैछिन् ।
    प्रमाणपत्र तह प्रथम बर्षदेखि स्नातक तह चौथो बर्षसम्मका युवतीहरु मिस कलेज नेपालगन्जका लागि ¥याम्पमा उत्रँदैछन् । प्रतियोगिहरुको आत्मविश्वास बढाउन र समाजका विविध पक्षबारे जानकारी गराउन उनीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । विभिन्न विधाका विज्ञहरुले प्रतियोगिहरुलाई प्रशिक्षण दिईरहेका छन् ।
    मिस कलेज नेपालगन्ज सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकको भनाई छ । मिस कलेजको मुख्य स्पोन्सर क्लासिक ह्विल रहेको छ भने स्पोन्सरहरुमा एस्पर्ट एजुकेशन, गोर्खा बु्रअरी, अम्बे फर्निसिङ, सुप्रिम ड्रिङ्किङ् वाटर लगायत रहेका छन् ।

     

  • २० भाद्र २०७४, मंगलवार १७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित