नेपालगंज । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ११ औ राष्ट्रिय दिवस बांकेमा पनि विबिध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा प्रेस कल्ब अफ नेपाल बाँंकेले बुधबार नेपालगंजमा मानव बेचबिखन अन्त्यमा संचारमाध्यमको भुमिका बिषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कल्बका अध्यक्ष साबित्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले बेचविखन अन्त्यका लागि सबैको समन्वयात्मक भुमिकाको खाचो रहेकोमा जोड दिएका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बांकेका प्रमुख सुनिता केसिले मानव बेचविखनको जालो न्यूनिरकण गर्न सवै सम्बद निकायको पहलकदमी आवश्यक रहेको बताउनुभयो । केसीले सञ्चारमाध्यले महिला बेचविखन न्यूनिकरणका लागि सरकारले प्रदान गरेका सेवा सुविधाका बारेमा जनचेतना दिएर सहयोग गर्नुपर्ने बताउनुभयो । बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले अहिले मानवबेचविखनको जालो पनि अन्तराष्ट्रिय रुपमा फैलीएकाले दलालहरुले पनि नयाँ नया तरिका प्रयोग गर्ने भएकाले शिशित युवतिहरु पनि बेचविखनमा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा अधिबक्त बसन्त गौतमले मानव बेचविखन तथा ओसार पसार विरुद्धको कानुन र कार्यन्वयन विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य जनक नेपाल , बाके शाखाका अध्यक्ष ठाकुरसिंह थारु, बांके शाखा पूर्व अध्यक्ष निरज गौतम, पे्रस युनियन बाँकेका निर्वतमान अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल,फातिमा फाउन्डेशन बाँँकेकी कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी ,माईति नेपाल नेपालगंजका यायत्रि रिमाल लगायत विभन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको राष्ट्रिय दिवसको नारा अबको गन्तब्य ,मानव बेचबिखनको अन्त्य भन्ने रहेको छ । बाँकेमा गत बर्ष मात्र मानव बेचविखन तथा ओसारपसारका १८ ओटा मुद्धा दर्ता भएका थिए भने २ सय ७ जनालाइ उदार गरीएको थियो भने यस बर्ष म पनि ३ वटा मुद्धा दर्ता भएका छन् भने ३१ जनालाई उद्धार गरीएको प्रहरीले जनाएको छ । त्यस्तै आजै बांकेको कोहलपुरमा पनि नगरस्तरिय मानव बेचविखन सञ्जालले अन्तरक्रिया कार्यक्रम गरेको नगर स्तरिय सञ्चालकी संयोजक कल्पना अधिकारीले जानकारी दिनुभयो । यस्तै भोलि नेपालगंजमा जिल्ला स्तरीय छलफल पनि आयोजना गरीएको छ ।