मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या
  • मार्गरेखा संवाददाता

  • एजेन्सी, २१ भदौं – भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।
    ५५ वर्षीया गौरी हिजोसाँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।
    चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् ।

     

  • २१ भाद्र २०७४, बुधबार १४:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित