मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले बाँकेमा किशोर सिंह राठौर यु–१६ क्रिकेट हुदै
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, २ पुष ।संघीय सासद एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरको नाममा बाँकेमा पहिलो पटक क्रिकेट प्रतियोगिता हुने भएको छ ।
    ज्योति स्पोर्टस एकेडेमी नेपालगन्जको आयोजनामा पुषको पहिलो सातादेखि प्रथम माननीय किशोर सिंह राठौर यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको हो ।
    नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान र खजुरामा प्रतियोगिताका खेलहरु संचालन हुने आयोजकले जनाएको छ ।
    नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।
    प्रत्येक समुहका शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । र सेमिफाइनलका विजेताले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब १६ टिमको सहभागिता रहने आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्त जंग शाहीले बताए ।
    विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले  बताए । उनले भने,‘विद्यालय स्तरमा भएका खेलाडीले धेरै प्रतियोगिता खेल्ने अवसर पाउँदैनन । उनीहरुलाई अवसर प्रदान गर्नको लागि प्रतियोगिता गरिएको हो । यसले बाँकेको क्रिकेटलाई माथि उकास्न सहयोग गर्नेछ ।’

    आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ । उत्कृष्ट वलरले ५ हजार, फिल्डरले ५ हजार, उत्कृष्ट ब्याटसम्यानले ५ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार पुरस्कार पाउनेछ ।

  • २ पुष २०८०, सोमबार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित