आसन्न असोज३ गते हुने उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनका लागि दुईवटा प्यानलले छुट्टा छुट्टै आफ्नो उम्मेदवारी दिने घोषण गरेको छन् ।
एकआपसमा सहमती नजुटैकै कारण अलग —अलग प्यानल वनाउनु परेको अध्यक्षका प्रत्यासीले जानकारी गराएका छन् । साझा समावेशी व्यवसायीक प्यानलका तर्फबाट विआर ट्रेडिङ्गका संचालक विर बहादुर चौधरीे र संयुक्त समावेशी व्ययवसायीक प्यानलबाट अध्यक्ष पदका लागि पाण्डे ईटा भट्टाका संचालक देवेन्द्र पाण्डे (मंगल)ले उम्मेदवारी दिने छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
चौधरी हालको उद्योग बाणिज्यसंघ गुलरियाको प्रथम उपाध्यक्ष हुन् भने पाण्डे कोषाध्यक्ष । दुवै प्यानलमा १२ सदस्य सहित २० जनाको कार्यसमिती रहेको छ । दुई प्यानल छुट्टा छुट्टै भिड्ने भएका कारण कडा प्रतिसप्रदा हुने व्यापारी हरुले वताएका छन् । साझा समावेशी प्यानलका तर्फबाट प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी,द्धितिय उपाध्यक्षमा मनोज यादव,तृतिय उपाध्यक्षमा अजित राजभण्डारी, महासचिवमा शिवशरी पौडेल, सचिवमा पुष्कर सापकोटा, कोषध्यक्षमा गंगा पोख्रेल र सह कोषध्यक्षमा मोहित पौडेल छन् ।
संयुक्तत समावेशी प्यानलका तर्फबाट प्रथम उपाध्यक्षमा महेन्द्र श्रेष्ठ ,द्धितिय उपाध्यक्षमा ईन्द्रकुमार श्रेष्ठ ,तृतिय उपाध्यक्षमा मोविन अहमद ईद्रिसी, महासचिवमा मिनराज शर्मा, कोषध्यक्षमा पूर्णराज शर्मा र सह—कोषाध्यक्षमा लोकमणी पौडेलको नाम रहेको छ । आपसी समझदारीमा एक दुईजनाको नाम तलमाथी पर्नसक्ने समेत वताईएको छ ।