मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चितुवाको अवैधछाला सहित बर्दियामा २ जना पक्राउ
  • मार्गरेखा संवाददाता


  • दुर्गा आचार्य बर्दिया,भाद्र,२४। चितुवाको अबैध छाला सहित छाला सहित बर्दियाको गुलरियामा शनिवार २ जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका वडानं—९ निवासी ६३ बर्षिय नर बहादुर शाहि र बाँसगढी नगरपालिका —१ का जीत बहादुर देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रिय अनुसन्धान व्यूरो नेपालगंञ्जका प्रहरी निरिक्षक अरुण सिँहको कमाण्ड र बर्दिया प्रहरीले गुलरियामा रहेको बिजया गेष्टहाउसको २१७ नम्वरको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
    १०लाख रुपैयामा चितुवाको छाला किनवेच भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा पच्छ्याउदै जानेक्रमम उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । पक्राउ गरिएको छाला ८ फिट ६ईन्च लम्वाई र १ फिट १० ईन्च लामो रहेको छ ।
    पक्राउ गरिएका दुईजना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक जनक भट्टराईले वताए । अनुसन्धान पछि थप कार्वाहीका लागि जिल्ला वन कार्यालयमा बुझाईने उपरिक्षक भट्टराईले वताए ।

  • २४ भाद्र २०७४, शनिबार १५:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित