मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिपी कोइरालाको १०३ औँ जन्मजयन्ती बाँकेमा विविध कार्यक्रम गरि मनाईदै
  • मार्गरेखा संवाददाता

  • नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती आज बाँकेमा पनि विविध कार्यक्रम गरि मनाईदै छ ।

    नेपाली कांग्रेस बाँकेसहित तरुण दल, नेपाल विद्यार्थि संघ र नेपाल महिला संघ लगायतका नेपाली कांग्रेस पार्टिका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउँदैछन् । आज बिहान विपी चोकमा रहेको कोईरालाको शालीकमा माल्यार्पण गरिएको छ भने तरुण दल र नेवि संघको समन्वयमा आयोजित रक्तदान कार्यक्रम अहिले जारी छ । पार्टि कार्यालयमा जारी रक्तदान कार्यक्रममा अहिलेसम्म ३५ जनाले रक्तदान गरेका छन् ।

    यस्तै, पार्टिको क्षेत्र नं. ३ को कार्यसमितीले बाँकेको बेतहनीमा बाढिपिडितलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ । शिविरमा बिशेष गरेर आँखा र कानका बिरामीको चेक जाँच गरिँदै छ । शिविरमा अहिले सम्म ४ सय २५ जना आँखा र कानका बिरामीले स्वास्थ्य जाँच गराएको आयोजकले जनाएको छ ।

    यता नेपाल महिला संघले पार्टिको जिल्ला कार्यालयमा दिउसो प्रशिक्षण कार्यक्रम आयोजना गरेको पार्टि सभापति किरण कोईरालाले जानकारी दिनुभयो । कोईरालाले नेता कोईराला दूरदर्शी र आदर्श राजनीतिज्ञकारुपमा जनतामाझ परिचित रहेको र पार्टिपंक्तीमा श्रद्धापुर्वक उहाँको स्मरण भईरहेको बताउनुभयो । १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई नेपाली राजनितिमा उदाहरणको रुपमा लिने गरिन्छ ।

  • २४ भाद्र २०७४, शनिबार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित