मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक सद्भाव विषयक बहुुभाषिक कवि गोष्ठी सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज

    यूएनडिपीको सहकार्य तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रको आयोजनामा आज नेपालगन्जमा बहुुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।

    सामाजिक सद्भाव कायम गर्न साहित्यको अहम भुुमिका हुुने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सनत रेग्मीले जोड दिदै आफनो रचना अवधि भाषामा प्रस्तुत गर्नुु भएको थियो । त्यसै गरि सर्वदा साहित्य संगमका सचिव श्रीधर भण्डारीले नेपाली भाषामा कविता प्रस्तुत गर्नुु भएको थियो ।

    उक्त बहुुभाषिक कवि गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानक प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिना, अवधि साास्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुुलाल कुमाल, अलाउद्धिन स्मृति प्रतिष्ठानका अध्यक्ष असफाक संघर्ष, सर्वदा साहित्य संगमका खगेन्द्र गिरि कोपिला, बार्दलीका ऋचा लुइटेल, पुुर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, अवधी साँस्कृतिक विकास परिषदका अध्यक्ष सचिदाननन्द चौबै, उर्द सायर मुुस्तफा अहसन कुुरैसी, सर्वदा साहित्य संगमका सदस्य मधुुकर मणि आर्चाय, उर्दु सायर अब्दुुल लतिफ शौक, बहन्तराज अधिकारी र पंकज कुमार श्रेष्ठ,साहिदा बानो शाह लगायत २ दर्जन साहित्यकारहरुले सामाजिक सद्भाव सम्बन्धि कविता प्रस्तुुत गर्नुु भएको थियो । सो कार्यक्रम सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका उपाध्यक्ष मधईसिह सरदारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन सागर ढकाल र लक्ष्मी तिवारीले गर्नुु भएको थियो ।

  • २४ भाद्र २०७४, शनिबार १९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित