क्यान्सरबाट प्रताडित ब्रह्मकुमारी इन्दिरा सुवेदीको उपचारमा बाँके प्रवासी सेवा समाज कतारले सहयोगी हात अगाडी बढाएको छ ।
ब्रह्मकुमारी सुवेदी क्यान्सरको सिकार भई जीवन मरणको दोषादमा उभिएको खबर सुनेपछि कतारमा रहेका बाँकेवासी युवाहरुले अभियान नै शुरु गरी सहयोग रकम संकलन गरी पीडित सुवेदीलाई सहयोग उपलब्ध गराएका हुन् ।
ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र जुम्ला शाखा सञ्चालिका बह्मकुमारी सुवेदीको जीवन
रक्षाका लागि समाजको अगुवाईमा कतारमा वैदेशिक रोजगारका सिलसिलामा बाँकेबाट गएका युवाहरुले सहयोग संलकन गरेको नगद ३१ हजार ३ सय ६० रुपैयाँ समाजका
बरिष्ठ सल्लाहकार तथा फिल्मकर्मी दुर्गा बहादुर खड्काले ब्रह्मकुमारी दुर्गा दिदि मार्फत हस्तान्तरण गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा कतारमा
रहेका बाँकेका सहयोगी मन भएका युवाहरुलाई धन्यवाद दिँदै ब्रह्मकुमारी
इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालकी उपाध्यक्ष ब्रह्मकुरमाी दुर्गा दिदीले मनैबाट सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् । ‘ मृत्युको मुखमा पुगेकी बहिनी सुवेदीको जीवन रक्षाका लागि कतारमा रहेका बाँकेका युवाहरुको मानविय सहयोग प्रति ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय कृतज्ञता प्रकट गर्दछ ।’ ब्रह्मकुमारी दुर्गाले भनिन् । क्यान्सरबाट प्रताडित सुवेदीको स्वास्थ्यमा चमत्कारीक परिवर्तन हुँदै गएको जानकारी दिँदै ब्रह्मकुमारी दुर्गा भन्छिन्–‘बहिनीको उपचारमा हामीले कुनै कसर बाँकी राखेका छैनौ ।’ हाल क्यान्सर पीडित सुवेदी जुम्लामा ध्यान योगमार्फत क्यान्सलाई जित्न प्रयासरत रहेको क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जले जनाएको छ ।